साेमबार कास्कीसहित प्रदेशमा कतिमा भयाे काेराेना पुष्टि ?

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा २४ जना पुरुष तथा २५ जना महिला गरी ४९ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३९१ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ४९ सहित म्याग्दीका १ जना, पर्वतका १ जना, गाेरखाका ३ जना,  स्याङ्जाका ७  जना र नवलपुरका ३ जना गरी प्रदेशका ६ जिल्लामा गरी ३२ पुरुष तथा ३३ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ५१४ पुगेको छ। पछिल्लो २४ घण्टामा १०७ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८४  हजार ८१ पुगेको छ ।

गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३७८ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button