काेराेनाका कारण पाेखराका ४ सहित थप ५ काे मृत्यु

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमणका कारण पाेखराका अस्पतालहरुमा उपचारकाे क्रममा थप ५ जनाकाे मृत्यु भएकाे छ । सबैजनाकाे आइतबार मृत्यु भएकाे हाे ।

कास्कीकाे पाेखरा ६ का ५० वर्षीय पुरुष, पाेखरा ७  की ८६ वर्षीया महिला, पाेखरा ५ का ६० वर्षीय पुरुष र पाेखरा १६ का ८० वर्षीय पुरुषकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

बाग्लुङ ३ का ७५ वर्षीय पुरुषकाे मणिपाल शिक्षण अस्पताल पाेखरामा उपचारकाे क्रममा  मृत्यु भएकाे छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३७८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button