स्याङ्जामा भएकाे जीप दुर्घटनामा ३ जनाकाे मृत्यु, १५ घाइते

पाेखरा न्यूज । स्याङ्जामा भएकाे जीप दुर्घटनामा ३ जनाकाे मृत्यु भएकाे छ । आइतबार साँझ पाैन सात बजेकाे समयमा स्याङजाकाे वालिङ नगरपालिका-१० मोदीखोला भित्री सडक खण्डमा वालिङबाट लाखुडाँडा तर्फ जाँदै गरेको ग१ज ४९१८ नं.को जिप आफै अचानक बाटो देखि ५० मिटर तल खसेर दुर्घटना भएकाे थियाे ।

जिपमा चालकसहित १९ जना सवार रहेकोमा ३ जनाकाे मृत्यु भएकाे छ । जीपमा सवार १५ जना घाइते र चालक सामान्य घाइते भएको प्रहरीले जनाएकाे छ ।

घाइते सबैको उपचार भइरहेको छ । घटनास्थलमा खटिएकाे प्रहरी टोलीले   जिप चालक स्याङजाकाे गल्याङ नगरपालिका-१० बस्ने ३१ वर्षीय रुद्र बहादुर थापालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेकाे जनाइएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button