तनहुँमा चितुवाको आक्रमणबाट बालिकाको मृृत्यु

पोखरा न्यूज । चितुवाले आक्रमण गर्दा तनहुँमा एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको बन्दीपुर गाउँपालिका- ५ बाहुनभञ्याङकी नौ वर्षीया बालिका स्वीकृति थापा मगरको सोमबार साँझ ६ बजेतिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको वडा अध्यक्ष ध्रुवप्रसाद लामिछानेले बताउनुभयो ।

छिमेकीको घर जाने क्रममा बाटोमा चितुवाले आक्रमण गरेको बताइएको छ । बालिकाको शव जंगलमा फेला परेको हो ।

बालिकाको घाँटीमा चोट देखिएको वडा अध्यक्ष लामिछानेले बताउनुभयो । तनहुँमा चार वर्षदेखि चितुवाको आक्रमण बढेको छ ।

१ फागुन २०७४ देखि हालसम्म ११ जना बालबालिकाले चितुवाको आक्रमणमा परी ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button