यात्रुबाहक बसको ब्रेकफेल हुँदा सडकमै दूर्घटना

  • पोखरा न्यूज
  • २०७८ आश्विन २६
यात्रुबाहक बसको ब्रेकफेल हुँदा सडकमै दूर्घटना

पोखरा न्यूज । धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

मंगलबार बिहान सवा ७ बजेतिर धनगढीबाट बाजुरा जाँदै गरेको बस अमरगढी नगपालिका–११ स्थित राइमा दुर्घटना भएको हो ।

जयमालिका यातायातको ना ७ ख १७४ नम्बरको बस ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

घाइतेहरूको अवस्था सामन्य नै रहेको चन्दले बताउनुभयो । बस सडक छेउमै पल्टिएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस