समाचारसमाज

दुर्घटना गरेर भागेको ट्रकले अर्को दुर्घटना गराउदा एकको मृत्यु, ६ घाइते

दोस्रो दुर्घटना गराएर चालक फरार

प्रकाश तिम्सिना, २७ असोज । गएराति करिब ९ः३० बजे ट्रकले सिटी सफारीलाई ठक्कर दिएर भाग्ने क्रममा सोही ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

सुनसरीको इटहरी उपमहानगर ५ को मुख्य राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख २९२४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १ ०२ २२३ ह १४३६ नम्बरको सिटी सफारीलाई ठक्कर दिएर भाग्ने क्रममा इटहरी १६ स्थित बालग्राममा प्रदेश३ ०१ ०२४च ९७२२ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा सिटी सफारीमा सवार इटहरी ५ का २३ वर्षीय ईश्वर राउत रहेका छन् । टाउकोमा चोट लागेर गम्भीर घाइते राउतलाई उपचारका लागि विराट नर्सिङ होम विराटनगरमा लगिएको थियो । उनको उपचारका क्रममा राति १२ बजे मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घाइते हुनेमा सिटी सफारीमा सवार झापाको दमक ७ बस्ने ३४ वर्षीय हेमन्त बिक सुनसरीको रामधुनी ३ बस्ने ३० वर्षीय दिलीप कुमार चौधरी, कार चालक रामधुनी ३ कै ३० वर्षीय सन्दीप राउत त्यस्तै सोही स्थानका ३५ वर्षीय नगेन्द्र गुरुङ, इटहरी ५ का २४ वर्षीय सौगात अधिकारी रहेको प्रहरीले बताएको छ ।

उनीहरूमध्ये ५ जनाको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ ।त्यस्तै रामधुनी ३ का दिलीप कुमार चौधरी अवस्था गम्भीर रहेकाले नोबेल अस्पतालमा उपचार भई रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

ठक्कर दिने ट्रक चालक फरार रहेका छन् । उनको खोजी भइरहेको छ । दुर्घटनामा परेका तीनै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x