पोखराको अमरसिंह चोक क्षेत्रबाट ३५ वर्षीया महिला सम्पर्कविहीन

खोजीमा सहयोग गरिदिन आग्रह

पोखरा न्यूज । पोखराको अमरसिंह चोक क्षेत्रबाट ३५ वर्षीया महिला  बेपत्ता भएकी छन् ।

पोखरा २१ रामदी घर भएकी  राधिका थापा आज बुधबार दिउसो बिहानबाट बेपत्ता भएको उहाँका आफन्त गणेश बहादुर कार्कीले जानकारी दिनुभयो ।

बिरामी अवस्थाकी थापा छोरेपाटनबाट बस चढेर  अमरसिंह चोकमा ओर्लिएको भन्ने जानकारी आएको  रहेको र त्यसपछि सम्पर्कविहीन भएकोले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय अथवा तोकिएको नम्बरमा  सम्पर्क गरिदिनुहुन कार्कीले आग्रह गर्नुभएको छ ।

करिब ५ फिट  उचाइ रहेकी गहुँगोरो वर्णकी थापाले रातो रङको कुर्ता, रातो स्विटर ,मोजा   र चप्पल लगाएको र साथमा सानो कालो रङको ब्याग लिएको हुँदा  त्यस्तो हुलियामा कोही कसैलाई भेटे विशेष निगरानी गरेर सोधपुछ गरिदिन कार्कीले अनुरोध समेत गर्नुभएको छ ।

सेयर गरेर खोजि कार्यमा सहयोग गरिदिन आग्रहका साथ् सम्पर्क नम्बर  

राजेन्द्र थापा : ९८५६०३३४७८

राम बहादुर थापा  ९८५६०३३६८७

गणेश बहादुर कार्की  ९८५६०५७०४०

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button