मोटरसाइकलमा लागूऔषध ओसारपसार गर्ने पोखराका सागरसहित ४ पक्राउ

पोखरा न्यूज । मोटरसाइकलमा लागूऔषध ओसारपसार गरेको आरोपमा रुपन्देहीबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषधसहित पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका २२ का २७ वर्षीय सागर पोख्रेल, ललितपुरको गोदावरी नगरपालिका–१ प्रगतिनगरका २० वर्षीय मधुकर विश्वकर्मा, रुपन्देहीको गैडहवा गाउँपालिका–९ का ३४ वर्षीय दुर्गा राना र कञ्चन गाउँपालिका–२ का १६ वर्षीय अशोककुमार लोध रहेका छन् ।

जिल्लाको तिलोत्तमा नगरपालिका–३ स्थित योगीकुटी शान्तिकुञ्जमा ग ७ प ६५१५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक पोख्रेल र मोटरसाइकलमा सवार विश्वकर्माले झोलामा बोकेको नुफिन ३७ सिसी, फेनरागन ३७ सिसी, डाइजेपाम ३७ सिसी फेला पारी उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै गैडहवा गाउँपालिका–८ स्थित कञ्चनपुरमा लु ३ प ३३९४ नम्बरको मोटरसाइकलाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक राना र मोटरसाइकलमा सवार लोधको साथबाट नाइट्राभेट ८८ पिस र डाइजापाम ४८ पिस फेला पारी उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ गरिएका चार जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button