मलिका महत : फिल्ममा फ्लप, म्युजिक भिडियोमा हिट

पाेखरा न्यूज । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुनुहुन्छ, मलिका महत । फिल्म ’यात्राः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु गर्नुभएकी मलिकाले दोस्रो फिल्म ‘पानीफोटो’मा समेत अभिनय गरिसक्नुभएकाे छ ।

फिल्ममै आफूलाई स्थापित गर्ने तयारीमा रहनुभएकी मलिका केही समययता भिडियोमा व्यस्त हुनुहुन्छ । ’फूलबुट्टे सारी’ मा अभिनेता पल शाहसँग देखिएपछि दर्शकमाझ उहाँको लोकप्रियता बढ्दो छ । दर्शकले पल र मलिकालाई ’पिएम’ जोडीसमेत भन्न थालिसकेका छन् । भिडियोमा अभिनय गर्न थालेको केही समयमै उहाँको आँखामा आउने सपनी, टाढा भए पनि, तिम्रो मनमा ए कान्छा लगायतका गीत दर्शकले सर्वाधिक रुचाएका छन् ।

भिडियोमा पछिल्लो समय खोजिने मोडलको लिस्टमा मलिकाको नाम अगाडि आए पनि फिल्ममा भने उहाँले त्यो लोकप्रियता पाउन सक्नुभएकाे छैन । उहाँले दुई फिल्ममा अभिनय गरे पनि ’पानीफोटो’ भने प्रदर्शन हुन बाँकी छ ।

तर, उहाँको भिडियोझैँ लोकप्रियता फिल्ममा भने कम छ । केही दिन अगाडि मात्र फिल्म ’सत्यम’मा अनुबन्धित् हुनुभएकी मलिका आफूलाई फिल्ममै सफल देख्न चाहनुहुन्छ । केहि समयअगाडि मात्र उहाँ एक प्रतिष्ठित ब्यानरको अडिसनमा रिजेक्ट हुनुभएकाे थियाे । उहाँले पाएको रोललाई अडिसनमा न्याय गर्न नसकेपछि उहाँलाई लिन नसकिएको उक्त फिल्मको टिमका एक सदस्यले बताउनु भयाे ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button