प्रियंका चोपडा : विदेशी गर्ल !

पाेखरा न्यूज । बलिउडमा देशी गर्लको उपनाम पाउनु भएकी एक्ट्रेस हुनुहुन्छ, प्रियंका चोपडा । बलिउडमा एकपछि अर्को फिल्म मार्फत दर्शकको मनमा स्थान बनाउनु भएकी प्रियंकाले डेब्यु भने ’अन्दाज’ मार्फत गर्नुभएकाे थियाे । त्यसयता उहाँले निर्वाह गर्ने भूमिकाले उहाँलाई ’देशी गर्ल’को ट्याग दिएको हो ।

उहाँलाई पछिल्लो समय ‘विदेशी गर्ल’ भन्न थालिएको छ । निक जोनससँग विवाह बन्धनमा बाँधिएपछि उहाँको बसाइ प्रायः देश बाहिर नै छ । उहाँ संयुक्त राज्य अमेरिका र बेलायतमा समय बिताइरहनु  भएकाे छ ।

यति मात्र होइन, उहाँ बलिउडको फिल्मभन्दा हलिउडका फिल्म तथा सिरिजमा व्यस्त हुनुहुन्छ । उहाँले पछिल्लो समय बलिउड फिल्म ‘द स्काई इज पिङ्क’ मा अभिनय गर्नु भएकाे थियाे । त्यसयता उहाँले सिरिज तथा हलिउडका टेलिभिजन सिरिजमा मात्र काम गरिरहनु भएकाे छ ।

अमेरिकन टेलिभिजन सो ‘क्वान्टिको’बाट चर्चा कमाउनु भएकी उहाँले हलिउड फिल्म ‘बेवाच’मा ड्वेन जोनसनसँग स्क्रिन सेयर गरेर हलिउडमा आफ्नो स्थान पक्का गर्नु भएकाे थियाे ।

‘अ किड लाइक जेक’ र ‘इजन्ट इट रोमान्टिक’लगायतका हलिउड फिल्ममा अभिनय गर्नुका साथै गायक निक जोनससँग बिहे गरेयता हलिउडमा प्रियंकाको छुट्टै चर्चा छ । पछिल्लो समय उहाँ हलिउडको लोकप्रिय ‘म्याट्रिक्स’को फ्रेन्चाइजमा देखिँदैहुनुहुन्छ ।

‘म्याट्रिक्स’को चौथो श्रृङ्खलामा उहाँले अभिनय गर्ने खबर आएसँगै उहाँलाई ’विदेशी गर्ल’ भन्न थलिएको छ । ‘म्याट्रिक्स’ श्रृंखलाका अन्य फिल्मजस्तै यसमा पनि एक्सन स्टारकेनु रिब्स मूख्य भूमिकामा हुनेछन् । लाना वाच्वस्कीले निर्देशन गर्ने फिल्मको लोकप्रियता भारतमा पनि उत्तिकै छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button