पोखरामा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पाेखरा न्यूज । पोखरामा जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पोखरा २६ बुढीबजारमा बोलेरो जिपको ठक्करले कास्कीकै मिजुरेका ४७ वर्षीय सुर्यबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाईकलमै सवार सन्दिप केसी गम्भीर घाइते भएका छन् । ग १ च ६८७८ को पिकअप भ्यानले ग १२ प ४०३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको कास्की प्रहरीले जनाएको छ ।

सवारी नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button