हिमाली भेगमा यसरी हुँदैछ उँचाई छायांकन

पाेखरा न्यूज । गत ४ अक्टोबरदेखि नेपालमा भारतीय फिल्म उँचाईको छायांकन भईरहेको छ । काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले त्यहाँको सुन्दरता कैद गरिरहेको छ ।

लुक्ला , नाम्चे , मनाङलगायतका रमणीय दृश्यमा छायांकन गरिरहेको फिल्मको एक तस्विर प्राप्त भएको छ । प्राप्त तस्वीरमा फिल्मका लिड कलाकारहरु छायांकन गरिरहेका छन् ।

मित्रताको कथा भन्ने फिल्ममा अमिताभ बच्चन , डेनी डेन्जोङ्पा, अनुपम खेर , बोमन इरानी , परिणीति चोपडा लगायतको अभिनय रहेको छ । यद्दपी नेपालमा अमिताभ बच्चन आउनु भएकाे छैन । स्वास्थ्यले साथ् नदिएका कारणले उहाँ आउन नसकेको फिल्मसँग जोडिएका एक सदस्यले बताउनु भयाे । पछिल्लो समय अमिताभ कौन बनेगा करोडपति नामक टिभी शोमासमेत व्यस्त हुनुहुन्छ ।

प्राप्त तस्वीरमा अमिताभको डुब्लिकेटसँगै अनुपम खेर र बोमन इरानी देखिनु भएकाे छ । ४ जनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ । फिल्मसँग जोडिएको सदस्यको भनाइलाई आधार मान्ने हो भने अमिताभको डुब्लिकेटको भूमिका राजा चौधरीले गरिरहनु भएकाे छ ।

बलिउडको प्रसिद्ध व्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा फिल्म तयार भईरहेको छ । नेपालमा ४० देखि ४५ दिन छायांकन सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनि थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्यले बताउनु भयाे । फिल्मको लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मी रहनु भएकाे छ । हिमाली भेगमा छायांकनको लागि ट्रेकिङ गाइड तिलकराम राईले सहयोग गरिरहनु भएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button