विश्वमा आजः वेनेजिर भुट्टो स्वदेश फिर्ता

पाेखरा न्यूज । आज १८ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम बिकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण विश्व घटनाः

वेनेजिर भुट्टो स्वदेश फिर्ता

आठ वर्षको लन्डन र दुबई निर्वासनपछि सन् २००७ मा पाकिस्तानकी नवौं प्रधानमन्त्री वेनेजिर भुट्टो स्वदेश फर्किनु भएकाे थियाे । स्वदेश निर्वासनको दुई महिनापछि एउटा चुनाबी सभामा भुट्टोको हत्या भएको थियो । उहाँ पाकिस्तानका पूर्वप्रधानमन्त्री जुल्फिकर अली भुट्टोकी छोरी हुनुहुन्छ ।

पाइपलाई बिस्फोटमा २०० को मृत्यु

नाइजेरियाको राष्ट्रिय पेट्रोलियम कर्पोरेसनको एउटा पाईपलाईनमा ठूलो बिस्फोट भएको थियो । लागोस्थित पाईपलाईनमा भएको सो बिस्फोटमा २०० जनाको मृत्यु भएको थियो । बिस्फोटपछि लागेको आगो निभाउन ६ दिन लागेको थियो ।

रूसबाट अमेरिकाले किन्यो अलास्का

अमेरिकाको हाल स्वामित्वमा रहेको अलस्का कुनै बेला रसियाली भूमि थियो । सन् १८६७ मा अलस्का अमेरिकाको महत्वपूर्ण क्षेत्र बनेको थियो । आजकै दिन अमेरिकाले रसियाबाट ७२ लाख डलरमा अलस्काको एउटा ठूलो क्षेत्र किनेको थियो । तर अलस्का किन्ने सरकारको निर्णयबाट भने आमअमेरिकी खासै खुसी थिएनन् । सन् १९५९ देखि अलस्का अमेरिकाको छुट्टै राज्य बनेको थियो ।

प्युरटो रिको अमेरिकाको अधिनमा

स्पेन र अमेरिकाबीचको युद्धपछि स्पेनको अधिनमा रहेको प्युरटो रिको अमेरिकाले कब्जा गरेको थियो । सन् १८९८ देखि प्युरटो रिको अमेरिकाको महत्वपूर्ण ‘टेरिटोरी’ बनेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button