गोर्खा अफिसरले भेटाए गल्ती, अक्षय कुमारले मागे माफी

पाेखरा न्यूज । गोर्खा फिल्म बनाउने घोषणा गर्नुभएका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा हुनुहुन्छ । उहाँले हालै गोर्खा फिल्म बनाउने घोषणा गर्नुभएकाे थियाे । फिल्म ‘अंतरंगी रे’ र ‘रक्षाबन्धन’पछि अभिनेता अक्षय कुमार आनन्द एल रायको कलर यलो प्रोडक्सन र केप अफ गुड फिल्मससँग पुनः एकपटक सहकार्य गर्दैहुनुहुन्छ ।

अक्षय र आनन्द भारतीय सेनाको गोरखा रेजिमेन्ट (पाँचौं गोर्खा राइफल्स)को एक महान अधिकारी मेजर जनरल इयान कार्डोजोको जीवनमा आधारित एक बायोपिक फिल्ममा सहकार्य गर्न लाग्नुभएकाे हाे। फिल्ममा अक्षयले छैटौं गोरखा राइफल्सको ग्रेट अफिसर मेजर जनरल इयान कार्डोजोको भूमिका निभाउनु हुनेछ ।

उहाँलाई सन् १९६२, १९६५ को युद्धमा र विशेष रूपले १९७१ को भारत पाकिस्तान युद्धमा लडाइँ लडेको एक युद्ध नायकको रूपमा चिनिन्छ । यसैले गर्दा पनि अक्षयले विश्वकै मेकरको ध्यान खिच्नुभएकाे छ । तर उहाँले सार्वजनिक गरेको फस्ट लुक पोस्टरमा एक पूर्व गोर्खा अफिसरले गल्ती औल्याउनु भएकाे छ ।

उहाँले अक्षयको पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै पोस्टरमा खुकुरीलाई ठीक गर्न सुझाउनु भएकाे छ । ’खुकुरीको धार गलत दिशामा छ, यो तलवार हैन’, मेजर मनिक एम जोली नाम रहेको एकाउन्टबाट उहाँले थप भन्नुभएकाे छ, ‘खुकुरी बुझ्नलाई सँगै तस्विर राखेको छुँ ।’

उहाँले गोर्खाको कथामा फिल्म बनाउँदा ससाना गल्तीलाई समेत सुझाउन भन्नुभएकाे हाे । गोर्खा अफिसरको प्रतिक्रिया देखेपछि अक्षयले माफी माग्नुभएकाे छ ।

उहाँले प्रतिक्रियाको लागि धन्यवाद समेत दिनु भएकाे छ । ’हामी छायांकनको समयमा गल्ती नहोस् भनेर उच्च सतर्कता अपनाउने छौँ’, अक्षयले लेख्नुभएकाे छ, ’हामी गोर्खाको कथामा फिल्म बनाउन पाउँदा निकै गौरवान्वित महसुस गरिरहेका छौँ ।’ उहाँले फिल्मसँग जोडिएको सल्लाह सुझावलाई आत्मसाथ गर्नेसमेत जनाउनु भएकाे छ । यस फिल्मको निर्देशन राष्ट्रिय पुरस्कार विजेता सञ्जय पुरन सिंह चौहानले गर्दैहुनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button