सरकारले साफ उपविजेता खेलाडीलाई जनही ५ लाख दिने

पाेखरा न्यूज । पहिलो पटक साफ उपविजेता नेपाली टोलीलाई नेपाल सरकारले पुरस्कार राशि घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साफ च्याम्पियनसिपको १३औँ संस्करणको उपविजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

यस्तै बैठकले प्रशिक्षकलाई भने ३ लाख रुपैयाँ दिने निर्णय भएको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जानकारी दिनुभएकाे छ ।

‘नेपाल सरकारले आज पुरस्कार दिने निर्णय गरेको छ’, यू–२३ टोलीको विदाइ कार्यक्रममा मन्त्री गहतराजले भन्नुभयाे ।

शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित हुँदै उपविजेतामा सीमित बन्न पुगेको थियो । उपविजेता नेपाली टोली सोमबार बिहान स्वदेश फर्किसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button