भाइरल गीत ‘मानिके मगे हिते’ बलिउड फिल्ममा

पाेखरा न्यूज । पछिल्लाे समय ‘मानिके मगे हिते’ गीत निकै लोकप्रिय भइरहेको छ। झन्डै चार महिनाअघि श्रीलंकाकी गायिका योहानी डिलोका डे सिल्भाले याे गीतको कभर भर्सनलाई दर्शक तथा श्रोतासमक्ष ल्याउनु भएकाे थियाे ।

उहाँले आफ्नै गीत ‘मानिके मगे हिते’ लाई नै कभर गीत बनाएर रिलिज गर्नुभएकाे थियाे । जुन गीत अहिले निकै भाइरल भइरहेको छ । दुलान एआरएक्सको शब्द रहेको गीतमा सतिशसानले स्वर दिनु भएकाे थियाे।

योहानीले गाएको यो कभर गीतले अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा बटुलिरहेको छ । अहिले टिकटकदेखि सामाजिक सञ्जालमा यो गीत निकै छाएको छ । चर्चासँगै यो गीतका नयाँ भर्सन आउने क्रम बढ्दो छ । दर्शक तथा श्रोताले गीतको शब्द नबुझे पनि गीतको मधुरताले गर्दा आकर्षित भइरहेका छन् । योहानी आफ्नो देशसँगै विश्वमै यसै गीतमार्फत आफूलाई चिनाउँदैहुनुहुन्छ । याे गीतलाई बलिउड फिल्म ‘थ्यांक गड’ मा राखिने भएको छ ।

इन्द्र कुमारको निर्देशनमा बन्ने फिल्ममा याे गीतको हिन्दी भर्सन राखिने छ । हिन्दी भर्सनमा रश्मि विरागले लेख्नुहुनेछ भने यसलाई तनिश्क बाग्चीले कम्पोज गर्नुहुनेछ । गीतलाई योहानीले नै गाउनुहुनेछ । इन्द्र कुमार निर्देशित फिल्म ‘थ्यांक गड’ मा अजय देवगन, सिद्धार्थ मलहोत्रा र राकुल प्रीत सिंहको अभिनय रहनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button