पाेखरा महानगर प्रमुखसँग एमाले महासचिवकाे भेट

पोखरा । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको स्वास्थ्य अवस्था बारे  जानकारी लिनुभएको छ ।

एमाले कास्कीले बुधबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सहभागी हुन मंगलबार पोखरा आउनुभएका पोखरेलले प्रमुख जिसीको निवासमै पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको हो ।

मंगलबार दिउँसो पोखरा आउने वित्तिकै पोखरेल जिसीलाई भेट्न उहाँको निवास पुग्नु भएको हो । एमाले महासचिव पोखरेलसँगै एमालेका सचिव तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्व मन्त्री तथा एमालेका नेता जगत विश्वकर्मा, एमालेका नेता भीम कार्की, प्रदेश सांसद राजीव पहारी, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पर्वतको फेलवास नगरपालिकाका प्रमुख पदमपाणी पौडेल लगायतले प्रमुख जिसीलाई भेट्नु भएको हाे।

भेटका क्रममा एमाले महासचिव पोखरेलसँग मेयर जिसीले आफ्नाे स्वास्थ्यमा क्रमिक सुधार भएको र छिट्टै निको हुने बताउनु भएको थियो । महासचिव पोखरेललाई जिसीले काठमाडौंमा उपचार गर्ने बेला अस्पताल बसाईंको अनुभव ठट्यौंली शैलीमा सुनाउनु भएको थियो ।

गत साउन १ गते अचानक मष्तिस्क घात भएपछि उपचारको लागि काठमाडौं जानुभएका प्रमुख जिसी गत असोज २३ गते पोखरा फर्किनु भएको हो । उहाँकाे फिजियोथेरापी बाहेकको अन्य उपचार पूरा भएको छ  । उहाँले अहिले नियमित फिजियोथेरापी गरिरहनु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button