गोरखामा ट्रक दुर्घटना, चालकको मृत्यु

पोखरा न्यूज ।  गोरखाको आरुघाट गाउँपालिका-१ माझगाउँमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आरुघाटबाट धुन्चेततर्फ बालुवा लिएर जाँदै गरेको बा५ख १२३१ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा चालक धादिङको गंगाजमुना गाउँपालिकाका मनोज श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्रकमा सवार आरुघाट गाउँपालिकाका राजकुमार गुरुङ र दिव्या गुरुङ घाइते भएका छन् । घाइतेको आरुचनौटे स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button