कोभिड संक्रमण बढेपछि रसियामा एक साता कार्यलय बन्द

पाेखरा न्यूज । रसियामा दैनिक कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले सम्पूर्ण कार्यलय एक साताका लागि बन्द गरेको छ । रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले कोभिड संकटबीच एक साताका लागि कर्मचारीलाई ३० अक्टोबरबाट काममा नजान निर्देशन दिनुभएकाे हाे ।

बिदामा बस्ने कर्मचारीले भने नियमित तलब पाउनेछन् । राष्ट्रपति पुटिनले खोप लगाउन नमान्ने व्यक्तिलाई तत्काल खोप अभियानमा सहभागी भई सहयोग गर्न समेत अनुरोध गर्नुभएकाे छ । रसियामा अझै पनि ५० प्रतिशतले खोप लगाएका छैनन् ।

पछिल्लो २४ घन्टामा रसियामा कोभिडबाट ११०० को मृत्यु भएको छ । यो सँगै रसिसामा कोभिडबाट मृत्यु हुनेको संख्या २ लाख २६ हजार ३ सय ५३ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button