विदेशी पर्यटकसहित १२ जना हिमपातले तुम्लिङमै फसे

हेलिकाेप्टरमार्फत उद्धारकाे तयारी

पाेखरा न्यूज । हुम्लाकाे नाम्खा गाउँपालिकास्थित हिल्सा र लिमीको ट्रेकिङमा हिँडेका विदेशी पर्यटकसहित १२ जना बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा राेकिएका छन् ।

लिमीको ट्रेकिङ सकेर सिमकोट फर्कदै गर्दा आइतबार रातिबाट परेको बाक्लो हिमपातले बाटो छिचोल्न नसके पछि स्लोभेनियाका चार नागरिक, तीन जना गाइड र पाँच जना स्थानीय गरी १२ जना तुम्लिङमा रोकिएकाे प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभएकाे छ ।

ट्रेकिङमा आएका स्लोभेनियाका नागरिकको उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेकाे प्रजिअ आचार्यले जानकारी दिनुभयाे । प्रजिअका अनुसार बुधबार मौसम सफा नभएको कारण उद्धार हुन सकेन ।

उद्धारका लागि हेलिकोप्टर मगाइएको र बिहीबार उद्धार गरिने जिल्ला प्रशासन कार्यालय स्रोतले जानकारी दिएको छ । हिमपातको कारण नाम्खा गाउँपालिका-६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा उनीहरुले बाटो छिचोल्न सकेका छैनन् ।

२२ असोजमा सिमकोटबाट हिल्सा हुँदै लिमीको ट्रेकिङमा गएकाे टोली र ट्रेकिङपछि न्यालु लेक हुँदै सिमकोट आउने कार्यक्रम थियाे । तर न्यालु लेकमा बाक्लो हिमपात भएपछि फर्कन नसकेकाे रिऋा टुरका हुम्ला प्रतिनिधि पेमा लामा बताउनु भयाे । न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात छ । बाटाे अवरुद्ध बनेकाे नाम्खा गाउँपालिका-६ को वडा अध्यक्ष पाल्जोर तामाङले बताउनु भयाे ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button