पूर्वप्रधानमन्त्री ओलीकाे कुरा सुन्दा करिश्मालाई आनन्द

पाेखरा न्यूज । अभिनेत्री करिश्मा मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै चर्चा पायो ।

उहाँले सामाजिक सञ्जालमा स्टाटस अपडेट गर्दै कल डिटेलको स्क्रिनसटसमेत राख्नुभएकाे थियाे । त्यहाँ केपी शर्मा ओली नाम गरेको नम्बरमा कल गएको देखिएपछि करिश्मा सामाजिक सञ्जाल ट्रोलसमेत बन्नुभएकाे थियाे । तर अहिले भने करिश्माले पूर्वप्रधानमन्त्री ओलीलाई भेट गर्नुभएकाे छ ।

उहाँले भेटघाटको तस्बिरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै विविध विषयमा छलफल भएको जानकारी दिनुभएकाे छ ।

‘विविध विषयमा उहाँको विचार सुन्दा आनन्द आयो । सबै क्षेत्रका मानिसलाई उत्तिकै महत्वपूर्ण रूपमा हेर्नु भएको र हाम्रो कुरा सुनिदिनु भएकोमा धन्यवाद’ करिश्माले लेख्नुभएकाे छ । उहाँसँगै भेटघाटमा कलाकार जितु नेपाल र गायिका तथा सांसद कोमल वली पनि उपस्थित हुनुहुन्थ्याे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button