पहिरोका कारण भालुपहाडमा अवरुद्ध भएको सडक दुईतर्फी सुचारु

पोखरा न्यूज । स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा अवरुद्ध भएको सिद्धार्थ राजमार्ग दुईतर्फी सुचारु भएको छ    ।

पहिरो खस्दा गए राती ३ बजेदेखि अवरुद्ध भएको सडक पहिरो पन्छाएर बिहान सवा १० बजे देखि नै सुचारु भएको स्याङजा प्रहरी प्रमुख, एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

तीन वटै सुरक्षा निकायको पहलमा प्रमुख जिल्ला अधिकारी र नगरपालिका साथै सडक विभागसँगको सहकार्यमा सडकको पहिरो पूर्ण रूपमा हटाएर दुई तर्फी सञ्चालन गरिएको एसपी बोगटीले बताउनुभयो ।

त्यस अघि अत्यावश्यक आवागमनलाई सुचारु गर्न  सेती दोभान हुँदै खड्केटारी तर्फबाट बाइपास खोलेर साना सवारीसाधनलाई पास गराउने काम गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button