रिपोमार्फत राष्ट्र बैंकले वित्तीय बजारमा १० अर्ब पठाउँदै

पाेखरा न्यूज । नेपाल राष्ट्र बैंकले तरलता अभावको समस्या समाधान गर्न आज (बिहीबार) १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दैछ । बैंकिङ प्रणालीमा तरलता सन्तुलन राख्न नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ वित्तिय बजारमा पठाउन लागेको हो ।

राष्ट्र बैंकले बोलकबोलमार्फत रिपोको गर्नेछ । रिपोमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्ममा बिडिङ गर्नु पर्नेछ । राष्ट्र बैंकले सात दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीलाई रिपो जारी गर्न लागेको हो । यो रिपो ११ कात्तिकमा परिपक्क हुनेछ ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालिन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने प्रक्रिया ‘रिपो’ हो । यस प्रक्रियाको निष्काशनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तिय संस्थाहरूको राष्ट्र बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँटअनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रवाह हुन जान्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button