ट्रम्पले गरे नयाँ सामाजिक सञ्जालको घोषणा

पाेखरा न्यूज । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’ सञ्चालन गर्ने हुनुभएकाे छ । ट्विटर र फेसबुकले राष्ट्रपति ट्रम्पको एकाउन्ट निलम्बन गरेपछि उहाँले नयँ सामाजिक सञ्जाल सञ्चालन गर्न लाग्नुभएकाे हाे।

ट्रम्पले अध्यक्षता गर्ने ट्रम्प मिडिया एन्ड टेक्नोलजी ग्रुप टीएमटीजीले ट्रुथ सोशल सञ्चालन गर्नेछ । टीएमटीजीले भिडिओ स्ट्रीमिङ सेवा पनि सुरु गर्ने जनाइएको छ ।

गत वर्ष राष्ट्रपति निर्वाचनमा साम्प्रायिक र जातीय द्वन्द्व फैलाउने अभिव्यक्तिपछि ट्विटर र फेसबुकले ट्रम्पको एकाउन्ट निलम्बन गरिदिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button