घर फर्कँदा खाेलाले बगाएका दम्पतिकाे शव फेला

पाेखरा न्यूज । बुधबार घर फर्कने क्रममा खाेलाले बगाएर बेपत्ता भएका नवलपरासीका दम्पतिकाे शव आज बिहीबार फेला परेकाे छ ।

पाल्पाकाे माथागढी ७ बाट घर फर्कने क्रममा नवलपरासी पुर्वकाे बिनयी त्रिवेणी गाँउपालिका-५ लालेपुच्छर बस्ने ५० वर्षीय रुक बहादुर चौहान र निजकै श्रीमती ४५ वर्षीया डकुमाया चौहान खोला तर्ने क्रममा बुधबार बिनयी खोलाले बगाई बेपत्ता भएका थिए ।

खोजतलास गर्न खटिएकाे प्रहरी टाेलीले बिहीबार अन्दाजी साढे ११ बजे
बिनयी त्रिबेणी गाँउपालिका-५ कुसुन्डे र लालेघाट स्थित बिनयी खोलाको बिच भागमा ढुङगामा अड्केको अवस्थामा शव फेला पारी निकालेकाे हाे ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button