मुख्यमन्त्री शाक्यले मागिन् विश्वासको मत

पाेखरा न्यूज । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत माग्नुभएकाे छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा उहाँले आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएकाे हाे ।

गत २४ असोजमा बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएकाे थियाे ।

आफू मुख्यमन्त्री हुँदा आफ्नो पार्टी एमालेको एकल बहुमत रहेको स्मरण गराउँदै उहाँले अहिले एमालेमाथि आक्रमण भइरहेको बताउनु भयाे।

प्रदेशसभामा एक सय नाै सांसद छन् । सरकार बनाउन ५५ सांसद आवश्यक पर्दछ । तर, प्रदेशसभामा अहिले एमालेसँग ४३, माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, नेकपा (एकीकृत समाजवादी)सँग १३, विवेकशील साझाका दुई, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एकजना सांसद छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button