बाग्मतीकाे मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको नाम प्रस्ताव

पाेखरा न्यूज । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ ।

प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलमा सहभागी माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेलले शाक्यलेलाई विश्वासको मत दिन नसक्ने बताउनु भयाे ।

उहाँले गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको बताउनु भयाे ।

प्रदेशसभामा १०९ जना सांसद छन् । सरकार बनाउनका लागि ५५ जना सांसदको समर्थन आवश्यक पर्छ । तर, प्रदेशसभामा अहिले एमालेसँग ४३ जना सांसद छन् । यो संख्या सरकार बनाउन १२ सांसद अपुग हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button