बेलायती महारानी एलिजाबेथ अस्वस्थ

पाेखरा न्यूज । बेलायती महारानी एलिजाबेथ अस्पतालमा एक रात बिताएर काममा फर्किनुभएकाे छ । महारानीको स्वास्थ्यमा समस्या देखिएपछि उत्तरी आयरल्याण्डको लागि तय गरिएका भ्रमण रद्द गरेपछि बुधबार राति अस्पतालमा भर्ना हुनुभएकाे थियाे ।

९५ वर्षिया महारानीको लण्डनस्थित निजी किङ एडर्व सातौं अस्पतालमा उपचार भएको थियो । उहाँ विगत ८ वर्षपछि पहिलो पटक अस्पतालमा भर्ना हुनुभएकाे हाे ।

उहाँले बिहीबार खाजाको समयपछि महारानीको कार्यालय विन्डसर क्यासल फर्किए काम गर्नुभएकाे थियाे । उहाँको उपचार कोडिभ-१९ सँग सम्बन्धित नभएको स्थानीय मिडियाले जनाएका छन् ।

चिकित्सकले उहाँलाई एक साता आराम गर्न सल्लाह दिइएका छन् ।

महारानीले मंगलबार साँझ विन्सर क्यासलमा आयोजिक एक कार्यक्रममा प्रिन्स चाल्र्स, प्रिन्स विलियम र प्रधानमन्त्री बोरिस जोन्सन, बिल गेट्स र अमेरिकी जलवायु दूत जोन केरीसँग भेट गर्नुभएकाे थियाे।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button