कोभिडले विश्वभर एक लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु !

पाेखरा न्यूज । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड१९ महामारीले विश्वमा ८० हजारदेखि १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको अनुमान गरेको छ ।

विश्वभरि १३ करोड ५० लाख स्वास्थ्यकर्मी रहेको अनुमान छ । तर कोभिड महामारीका कारण सन् २०२० को जनवरीदेखि सन् २०२१ को मेसम्म उक्त संख्यामा स्वास्थ्यकर्मीको ज्यान गएको अनुमान छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले स्वास्थ्यकर्मीलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताउनु भयाे । विश्वका १ सय १९ मुलुकबाट प्राप्त विवरणले विश्वभरि औसतमा पाँचजना स्वास्थ्यकर्मीमध्ये दुई जनाले कोभिड खोप लगाउन पाएको उहाँले उल्लेख गर्नुभएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button