‘केजिएफ २’ मा यशसँग नोरा फतेहीको आइटम

पाेखरा न्यूज । पछिल्लो समय प्रतीक्षा गरिएको फिल्ममध्येको एक हो ‘केजिएफ २’ । सार्वजनिक टिजरले बनाएको रेकर्डले पनि दर्शकमा फिल्मलाई लिएर रहेको उत्साह प्रस्टियो । यसैले गर्दा पनि यश फिल्मसँग जोडिएकाे खबरले मिडियामा राम्रो स्थान पाउने गरेका छन् ।

फिल्म सन् २०२२ अप्रिलमा रिलिज गर्ने घोषणा निर्माण पक्षले गरिसकेको छ । दर्शकको अपेक्षाभन्दा धेरै पर रिलिज तोकिएको फिल्ममा नोरा फतेही पनि देखिने हुनुभएकाे छ । फिल्ममा आइटम गीत राखिने छ, जहाँ दर्शकले यशसँग नोरालाई देख्न पाउनेछन् । बलिउडमा आइटम गर्ल भनेर चिनिनु भएकी नोरासँग यशको डान्स हेर्न फ्यान उत्साहित छन् । यसको पहिलो सिरिजमा पनि मौनी रोय र तमन्ना भाटियाको आइटम डान्स दर्शकले हेर्न पाएका थिए ।

सन् २०१८ को डिसेम्बरमा रिलिज भएको फिल्म ‘केजीएफ’ मार्फत स्टार बन्नुभयाे यश । फिल्मको ट्रेलरदेखि नै चर्चामा रहेका यश रिलिजपछि फ्लोअर्स बढाउन सफल हुनुभयाे । फिल्ममार्फत उहाँको स्टारडम बढिरहँदा यसको सिक्वेललाई लिएर फ्यान प्रतीक्षित बनेका हुन् ।

सिक्वेलमा यश झनै शक्तिशाली देखिनु हुनेछ भने उहाँले एक्सनमा नयाँ स्टन्ट गर्नुहुनेछ । यसमा यशसँगै श्रीनिधि शेट्टी, रविना टन्डनकाे पनि मुख्य भूमिका हुनेछ । सिक्वेलमा बलिउडका बाबा अर्थात् सञ्जय दत्त पनि देखिनुहुनेछ । उहाँले भिलेनको भूमिका निर्वाह गर्नुहुनेछ । फिल्म च्याप्टर फस्टझैँ पाँच भाषामा रिलिज हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button