विश्वमा आजः जुलियान असान्जद्वारा महत्वपूर्ण कागजात चुहावट

पाेखरा न्यूज । विश्वमा आजकाे दिन विभिन्न घटना घटेका थिए ।

जुलियान असान्जको चुहावट
सन् २०१० मा विकिलिक्सका संस्थापक जुलियान असान्जले इराक र अफगानिस्तान युद्धसँग सम्बन्धित हजारौ गोप्य कागजात चुहावट गर्नुभएकाे थियाे  ।

भारतको पहिलो लुनार मिसन
सन् २००८ मा भारतको अन्तरिक्ष अनुसन्धान संगठनले मानवरहित यान अन्तरिक्षमा पठाएको थियो । चन्द्रयान–१ नाम दिइएको सो यान सन् २००८ को १४ नोभेम्बरमा चन्द्रमामा अवतरण गरेको थियो । यस उपलब्धिसँगै चन्द्रमामा यान पठाउने भारत पाँचौँ देश बनेको थियो ।

चीनमा लङ मार्च समाप्त
सन् १९३६ मा चीनका नेता माओ जेदोङको नेतृत्वमा भएको रेड आर्मीका सदस्यहरुले सुरु गरेको ६ हजार माईल लामो यात्रा द लङ मार्च समाप्त भएको थियो ।

प्यारासुटबाट हाम फाल्ने पहिलो व्यक्ति
सन् १९७९ मा फ्रान्सेली नागरिक एन्ड्रि ज्याक्स गारनेरिन फ्रान्सको राजधानी पेरिसस्थित पार्कबाट बेलुनमार्फत उडेर इतिहास रच्नुभएकाे थियाे ।

हाईटीको राष्ट्रपति
सन् १९५७ मा फान्कोइस दुभालियर हाइटीको राष्ट्रपति बन्नुभएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button