काेराेना संक्रमणबाट पाेखरामा एक जना महिलाकाे मृत्यु

पाेखरा न्यूज । काेराेना संक्रमणका कारण पाेखरामा एक जना महिलाकाे मृत्यु भएकाे छ ।

पाेखरा १३ की ७९ वर्षीया काेराेना संक्रमित महिलाकाे बिहीबार उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकी ती महिलालाई कार्तिक १ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

हालसम्म गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ३८९ पुगेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button