एमाले वडा अधिवेशनः कास्कीमा सर्वसम्मत प्रयास

पोखरा न्यूज ।  नेकपा एमालेकाे दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत कास्कीका ७२ वटै वडामा वडा अधिवेशन शुरु भएका छन् । अधिकांश वडामा सर्वसम्मतको प्रयास गरिएको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो  ।

‘सबैजसोमा सर्वसम्मत हुने बुझेका छौं । केहिमा चुनाव भएपनि आजै नतिजा आउँछ,’ उहाँले भन्नुभयो, ‘आन्तरिक प्रतिस्पर्धा स्वच्छरुपमा हुनेछ ।’

निर्वाचन कमिटी कास्कीका अध्यक्ष टिकाराम पँगेनीले सबै वडामा मतदान अधिकृत खटाएर निर्वाचन प्रक्रिया शुरु गरेको बताउनुभयो  । ‘उद्घाटन सत्र सबैमा एकै पटक भर्चुअल माध्यमबाट भएको छ । अहिले बन्दसत्र चलिरहेको छ,’ उहाँले भन्नुभयो , ‘सबैतिर राम्रो समाचार आइरहेको छ । सर्वसम्मतको प्रयास गरिरहनुभएको छ ।’

कास्कीसहित गण्डकीका ७५९ वडामा पनि आजै अधिवेशन भइरहेको छ । गण्डकीको सबैभन्दा धेरै स्याङजामा ९७ वडा छन् भने सबैभन्दा कम मुस्ताङमा २५ वटा वडा छन्

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button