वडामा एउटै व्यक्ति कांग्रेसको उपसभापति र एमालेको वडा सचिव निर्वाचित

पोखरा न्यूज । नेपाली कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका दार्चुलाका एक जना एमालेको वडा सचिवमा चयन भएका छन् ।

गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए । शनिबार गरिएको नेकपा एमालेको वडा अधिवेशनमा डोबाल सचिवमा चयन भएका छन् ।

‘कांग्रेसले सम्पन्न गरेको वडा अधिवेशनमा डोबाल उपसभापतिमा चयन भएका हुन् । एमालेमा प्रवेश गरे नगरेकोबारे जानकार छैन’, कांग्रेस महाकालि नगरपालिकाका प्रवक्ता पदम सिंह महरले भन्नुभयो ।

शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ ।

नेकपा एमाले दार्चुलाले शनिबार दार्चुलाका स्थानीय तहहरूमा ६१ वटा वडाहरू मध्ये केही वडामा अधिवेशन सम्पन्न गरेको छ ।

अधिवेशनको तयारी गरिएका वडाहरूमा शनिबार गरिएको र बाँकीमा गरिने एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button