काठमाडौं जाँदै गरेको यात्रुवाहक बसमा ‘वाइरिङ सर्ट’ हुँदा आगलागी

बसमा पूर्ण रूपमा क्षति

पोखरा न्यूज ।  वाइरिङ सर्ट हुँदा धादिङको गजुरीमा यात्रुवाहक बसमा आगलागी भएको छ ।

सुर्खेतबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा आइतबार बिहान २ बजे वाइरिङ सर्ट हुँदा आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

प्रहरीकाअनुसार यात्रुहरू सकुशल रहेको र बसमा भने पूर्ण रूपमा क्षति पुगेको छ ।

गजुरीमा बजारमा आइपुगेपछि गुडिरहेको सो बसभित्र एक्कासि धुँवा देखिएपछि यात्रुलाई चालकले बाहिर निकालेका थिए ।

बसभित्र धुँवादेखिपछि रोकेर यात्रुलाई बाहिर निकालिएका कारण मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ । यात्रुका केही सरसमान भने जलेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button