आइतबार विदेशी मुद्राको विनिमय दर कति ?

पाेखरा न्यूज । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२० रुपैयाँ १३ पैसा कायम गरेको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ६७ पैसा र बिक्री दर ९० रुपैयाँ १२ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर ९७ रुपैयाँ ४२ पैसा छ ।

यसैगरी, आइतबार युरोपियन यूरो एकको खरिद दर १३९ रुपैयाँ १३ पैसा र बिक्री दर १३९ रुपैयाँ ८३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६४ रुपैयाँ ९४ पैसा र बिक्री दर १६५ रुपैयाँ ७७ पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ३९ पैसा र बिक्री दर १३१ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आइतबार चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७२ पैसा र बिक्री दर १८ रुपैयाँ ८१ पैसा रहेको छ भने जापानी येन १० को दरिद दर नेपाली १० रुपैयाँ ५० पैसा र बिक्री दर १० रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८३ पैसा र बिक्री दर ३२ रुपैयाँ ९९ रुपैयाँ छ भने साउदी अरबियन रियाल एकको खरिद दर ३१ रुपैयाँ ८७ पैसा र बिक्री दर ३२ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button