पोखरामा बालकहरूमाथि यौन दुराचार गर्ने विदेशी नागरिक पक्राउ

पोखरा न्यूज । कास्की प्रहरीले यौन दुराचार गरेको आरोपमा एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका – ०८ स्थित लेकसाइडमा कोठा लिएर बसेका क्यानडेलि नागरिक रोबर्ट किङक्ले कोठामै वालकहरूमाथि यौन दुराचार गर्ने गरेको खुलेपछि पक्राउ परेका हुन् ।

अन्दाजी ५० वर्षीय रोबर्ट कोठामा आपत्तिजनक अवस्थामा १३ /१४ वर्ष उमेरका तीन जना बालकहरूसँग भेटिएपछि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख, एसपी रमेश थापाले जानकारी दिनुभयो ।

बालकहरूसँगको सोधपुछका क्रममा रोबर्टले वालकहरूमाथि अप्राकृतिक मैथुन गर्दै आएको पाइएको एसपी थापाले बताउनुभयो ।

बालकहरूसँग नग्न अवस्था मै पक्राउ परेका उनलाई अप्राकृतिक मैथुन र बालबालिका ऐन अन्तरगत मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button