कांग्रेसले भन्यो- प्रधानन्यायाधीश प्रकरणमा हामी बोल्दैनाैं

पाेखरा न्यूज । सत्ता नेतृत्व दल नेपाली कांग्रेस प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रकरणमा नबोल्ने भएको छ ।

जबराले मन्त्रिपरिषदमा पनि भागवण्डा लिएपछि उहाँले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने आवाज उठिरहेका बेला कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस विषयमा पार्टीले बोल्न नमिल्ने बताउनु भएकाे छ।

‘यो विषयमा राजनीतिक दल प्रवेश गरेर बोल्न मिल्दैन, सम्बन्धित सरोकारवाला निकाय नेपाल बार एसोसियसन, पूर्वन्यायाधीशको फोरम छ,’ शर्माले भन्नुभयाे, ‘हामीले डिफेन्स पनि गर्न मिल्दैन, समर्थन पनि गर्न मिल्दैन ।’

प्रधानन्यायाधीश जबराले आज सोमबारका लागि बोलाएको सर्वाेच्चको फुलकोर्ट १४ जना न्यायाधीशले बहिस्कारको निर्णय लिइसकेपछि  कांग्रेस प्रवक्ता शर्मासँग प्रतिक्रिया लिँदा कांग्रेसकाे त्यस्ताे प्रष्टिकरण आएकाे हाे । फुलकाेर्ट बहिस्कारकाे निर्णय लिनुभएका न्यायाधीशकाे बैठक बिहान ११ बजे बस्दैछ । नेपाल बारले पनि बिहान ११ बजे बैठक डाकेकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button