पाेखरा आउँदै गरेकाे माेटरसाइकल दुर्घटना हुँदा बाबुछाेरी घाइते

पाेखरा न्यूज । पाेखरा आउँदै गरेकाे माेटरसाइकल दुर्घटना हुँदा स्याङ्जामा बाबुछाेरी घाइते भएका छन् ।

साेमबार दिउसाे सवा एकबजेकाे समयमा स्याङ्जाकाे पुतलीवजार १० राङखोलास्थित सिद्धार्थ राजमार्गमा पोखरातर्फ आउँदै गरेको ग ७ प ९६५९ नं.को मोटरसाईकल आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५ मिटर तल  खसेकाे हाे ।

दुर्घटनामा मोटरसाईकल चालक रोल्पाकाे सुनछहारी गाँउपलिका-१ घर भई
पोखरामा काम गर्ने  ३८ वर्षीय सागर बुढाथोकी र पछाडि सवार छोरी १५ वर्षीया सम्झना बुढाथोकी घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

घाइते दुबैजनालाई उपचारको लागि अस्पताल लगिएको र घटनाको
विषयमा थप अनुसन्धान भईरहेको प्रहरीकाे भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button