एमालेबाट निर्वाचित वडाध्यक्ष लागूऔषधसहित पक्राउ

पाेखरा न्यूज । एमालेबाट निर्वाचित वडाध्यक्ष लागूऔषधसहित पक्राउ परेका छन् । सिरहा नगरपालिका-१८ का वडाध्यक्ष रामसोगारथ यादव लागूऔषधसहित पक्राउ परेका छन् ।

सरकारी नम्बर प्लेट स १ ब९३८ नम्बरको मोटरसाइकलमा सवार यादव १५ वटा नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिनुभयाे । उनी भारतबाट फर्कँदै गर्दा प्रहरीले माडर चोकबाट पक्राउ गरेको हो ।

यादवमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button