प्रधानन्यायाधीशले सार्वजनिक गरे आफूबाहेकको पेसी

तर सुनुवाइ अनिश्चित

पाेखरा न्यूज । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहनुभएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गर्नुभएकाे छ।

कार्यपालिकामा भाग खोजेकोलगायतका विषयबाट विवादमा तानिनु भएका जबराले आफूसँग असन्तुष्ट १४ जना न्यायाधीशका लागि मुद्दा सुनुवाइका लागि पेसी तोक्नुभएकाे हाे । उहाँले आफ्ना लागि भने इजलासमा पेसी तोक्नुभएकाे छैन ।

असन्तुष्ट १४ जना न्यायाधीशसँग भेट गर्नुअघि उहाँले मुद्दा सुनुवाइका लागि पेसी तोके पनि सुनुवाइ भने अनिश्चित छ । प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने माग राख्दै आउनुभएका १४ जना न्यायाधीश अघोषित इजलास बहिष्कारको अभियानमा हुनुहुन्छ।

प्रधानन्यायाधीशले आठवटा इजलासमा गरी दुई सय १६ मुद्दाको सुनुवाइका लागि पेसी तोक्नुभएकाे छ । सोमबार पनि प्रधानन्यायाधीश जबराले आफूबाहेकका न्यायाधीशका लागि पेसी तोक्नुभएकाे थियाे । तर सुनुवाइ हुन सकेन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button