प्रि-ओपन सेसन अपडेटः छ दशमलव ६१ अंकले बढ्यो नेप्से

पाेखरा न्यूज । साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक बढेको छ । यस सेसनमा नेप्से ६ दशमलव ६१ अंकले बढे दुई हजार ६७८ दशमलव ८६ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स शूल्य दशमलव ९४ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ८७ दशमलव ६३ अंक बढेर दुई हजार ६७२ दशमलव २५ विन्दुमा बन्द भएको थियो ।

मंगलबार प्रि-ओपन सेसनमा २४ कम्पनीको ४३ लाख एक हजार ५४७ रूपैयाँ ९० पैसा बराबरको सात हजार ५७१ कित्ता सेयर खरिद बिक्री हुँदा २१ कम्पनीको सेयर मूल्य बढेको छ ।

मंगलबार तीन कम्पनीको सेयर मूल्य भने ओरालो लागेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button