चीनमा फेरि कोभिड बढेपछि बेइजिङ म्याराथन स्थगित

पाेखरा न्यूज । चीनले कोभिड संक्रमण बढेको जनाउँदै बेइजिङ म्याराथन स्थगित गरेको छ । सरकारका एक वरिष्ठ अधिकारीले चीनमा फेरि कोभिड महामारी फैलिने चेतावनी दिइरहेका बेला सरकारले म्याराथन स्थगित गरेको हो ।

अहिलेसम्म चीनका ११ प्रान्तमा कोभिड फैलिएको छ । सबै प्रान्तमा गरेर १३३ जनामा संक्रमण देखिएको छ । संक्रमित सबैमा सजिलै सर्ने डेल्टा भेरिअन्ट देखिएको जनाइएको छ । पछिल्लो संक्रमण दर यसै वर्षको अगस्टमा नान्जिङ प्रान्तको महामारीपछिकै ठूलो बताइएको छ । सरकारले भाईरसप्रति सरकारको शून्य सहनशीलता रहने बताउँदै आएको छ ।

कति महत्वपूर्ण छ बेइजिङ ओलम्पिक ?

सन् १९८१ देखि वर्षेनी आयोजना गरिने यो ओलम्पिक चीनमा महत्वपूर्ण मानिन्छ । यो ओलम्पिक वर्षेनी तायनामेन स्क्वायरमा सुरु हुन्छ र बेइजिङको ओलम्पिक पार्कस्थित सेलिब्रेसन स्क्वायरमा सम्पन्न हुन्छ ।

अक्टोबर ३१ बाट सुरु हुने सो ओलम्पिकमा करिव ३० हजार मानिसको सहभागीता हुने अनुमान गरिएको थियो । ‘महामारी थप फैलिनबाट रोक्न र धावकको स्वास्थ्य र सुरक्षा गर्न खेल रद्द गरिएको म्याराथन आयोजकले बताएका छन् ।

अन्य प्रान्त र सहरबाट भ्रमणमा अएका समूहबाट पछिल्लो महामारी फैलिएको जनाइएको छ । महामारी बढेपछि सरकारले यात्रा प्रतिबन्ध लगाउनुका परीक्षणलाई तीब्रता पारेको छ ।

 

 

Latest News

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button