टी-ट्वान्टी विश्वकपमा मंगलबार दुई खेल हुँदै

पाेखरा न्यूज । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा मंगलबार दुई खेल हुँदैछन् । मंगलबार हुने पहिलो खेलमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ । दुबईमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

समूह-१ मा रहेका दक्षिण अफ्रिका र वेस्ट इन्डिज पहिलो जितमा खोजीमा हुने छन् । पहिलो खेलमा दक्षिण अफ्रिका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो । वेस्ट इन्डिजलाई इंग्ल्यान्डले ६ विकेटले हराएको थियो ।

यस्तै दोस्रो खेलमा पाकिस्तानले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । शारजाहमा हुने खेल नेपाली समयअमुसार राति ७:४५ बजे सुरु हुनेछ । पाकिस्तान लगातार दोस्रो जित निकाल्ने योजनामा छ । बहुप्रतीक्षित पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो ।

न्युजिल्यान्ड भने विजयी सुरुआत गर्ने योजनामा हुनेछ । न्युजिल्यान्डको यो पहिलो खेल हो । सोमबार भएको एक मात्रै खेलमा अफगानिस्तानले स्कटल्यान्डलाई पराजित गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button