पोर्न भिडियोको नक्कल गरेर यौनजन्य गतिविधि देखाउन नमानेपछि बालिकाको हत्या

पाेखरा न्यूज । भारतको उत्तरी आसाममा यौन कूलतमा फँसेका दुई किशोर पक्राउ परेका छन् । पोर्न भिडियोको नक्कल गरेर यौनजन्य गतिविधि नगरेको भन्दै एक बालिकालाई ढुंगाले हानेर हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुले आफ्ना अभिभावकको फोनबाट पोर्न फिल्म हेरेपछि बालिकालाई दुव्र्यबहार गरेका थिए । आक्रमणकारी बालिकाका छिमेकी रहेको बुझिएको छ ।

अभिभावकको फोनबाट अनलाईन कक्षा लिने क्रममा ती किशोरहरु ‘पोर्न एडिक्ट’ बनेका थिए । अनलाईन कक्षामा यौनजन्य क्रियाकलाप हेरेपछि उनीहरुमा त्यसको कूलत बसेको थियो ।

पोर्न फिल्मको भिडियो नक्कल गरेर यौन आनन्द दिन किशोरहरुले ती बालिकालाई दबाब दिएका थिए । बालिकाले अस्वीकार गरेपछि उनीहरुले ढुंगाले हानेका थिए ।

आक्रमणपछि अचेत बनेकी उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

एक साताअघि भएको सो आक्रमणका दोषीलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरुसँगै अर्का एक किशोर पनि पक्राउ परेका छन् । उनले दुबै जनालाई आक्रमणको दुरुत्साहन गरेका थिए ।

इन्डो एशिया न्युज सर्भिस (आइएएनएस) ले गरेको एक अध्ययनमा भारत स्मार्टफोनमार्फत हुने विश्वकै ठूलो यौन बजार हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button