धामी बसी झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या

पाेखरा न्यूज । धामी बसी झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेकाे अभियाेगमा इलाममा एक जना युवक पक्राउ परेका छन् ।

देउमाई नगरपालिका ५ बारुङ का ३३ बर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।

मंगलबार बिहान ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका सदस्य राखी धामी बसी बिगतदेखि बेला बखत बेहोस हुने बिरामी रहेकी ३४ बर्षीया श्रीमती  सीता तामाङ र १६ बर्षीया छोरी शिक्षा तामाङको झारफुक गर्ने क्रममा घाटी तथा शरिरको बिभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको हो ।

अस्थायी प्रहरी चौकी गजुरमुखीधामबाट खटिएकाे प्रहरी टोलीले कमल तामाङलाई नियन्त्रणमा लिएको छ । घटनाबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button