निर्माणाधिन घरकाे खाल्डाेमा पुरिएकी महिलाको मणिपालमा उपचारको क्रममा मृत्यु 

पाेखरा न्यूज । पाेखरामा निर्माणाधिन घरकाे खाल्डाेमा पुरिएर घाइते  ४१ वर्षीया एक महिलाको उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

म‌ंगलबार बिहान १० बजेको समयमा कास्कीकाे पोखरा ११ काँहुडाडा लामिछाने थरस्थितमा निर्माणधिन घरको जगको खाल्डोमा सोलिङ गर्ने क्रममा खाल्डोको भित्ता भत्किएर पुरिँदा घाइते भएकी महिलाको अ्स्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएको छ  ।

प्रहरीका अनुसार खाल्डाेमा पुरिएर घाईते भएकी  सिन्धुलीकाे ठुला गाँउ घर भई  पोखरा-११ फुलबारी बस्ने  ४१ वर्षिया आइती माया थोकरलाई  उपचारको लागि मणिपाल शिक्षण अस्पताल पाेखरा लगिएकाेमा उपचारको क्रममा मृत्यु भएको हो  ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button