पाेखरामा पानीको इनारमा युवक मृत भेटिए

पाेखरा न्यूज । पाेखराकाे बेगनास बसपार्कस्थित पानीकाे इनारमा मंगलबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् ।

कास्कीकाे अन्नपूर्ण गाउँपालिका-३ भदौरे देउराली बस्ने अन्दाजी २२/२३ वर्षीय राजु लामिछाने मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ ।

लामिछाने पोखरा महानगरपालिका-३१ बेगनास बसपार्कस्थित पानीको इनारमा मृत अवस्थामा फेला परेका हुन् ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीकाे भनाइ छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button