पोखरामा अपरिचित अनुहारमाथि अन्तरक्रिया

पोखरा । लेखक महेश पौड्यालद्वारा लिखित कथा संग्रह अपरिचित अनुहारमाथि पोखरामा अन्तरक्रिया गरिएको छ । पोखरेली युवा साँस्कृतिक परिवारले आयोजना गरेको विशेष कार्यक्रममा कथासंग्रहलाई लिएर विभिन्न दृष्टिकोण एवम् विचार प्रस्तुत गरियो ।

नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि साहित्यकार सरुभक्तले पौड्याललाई वर्तमान समयका सिर्जनशील, बुहआयामिकता भएको लेखकको रुपमा अर्थ्याउनु भयाे । पौड्यालको क्रियाशिलता र उर्जा देखेर आफू आश्चर्यमा परेको भन्दै सरुभक्तले उहाँकोे उर्जाको नमूनाको रुपमा अपरिचित अनुहार आएको बताउनुभएकाे थियाे ।

‘उहाँले जुन जुन क्षेत्रमा हात हाल्नु भएको छ, ती क्षेत्रहश्र महत्वपूर्ण उपलब्धी हाँसिलको गरेकाे पाउँदछु’ सरुभक्तले भन्नुभयाे । पौड्यालको शिर्षकथा अपरिचत अनुहार सारै सुन्दर कथा लागेको छ । नेपाली साहित्यको इतिहास प्रयोगात्मक भएको भएपनि प्रयोगवादको भूत लागेकाले जथाभावी लेख्ने गरेकोमा उहाँले असहमती जाहेर गर्नुभयाे ।

अन्तरक्रियाका प्रमुख वक्ता तथा समालोचक राजकुमार बाँनियाले पौड्यालको अपरिचित अनुहारमाथि निर्मम समिक्षात्मक टिप्पणी गर्नुभयाे । बाँनियाले नेपाली लेखकहरु कथाको नाममा घटनाको मुचुल्का उठाउने वर्तमान समयमा पौड्यालले त्यसबाट बचेर नेपाली कथामा नयाँ दृष्ट्रि भित्र्याएकाे बताउनु भयाे । उहाँले विगतका मानकमा पुर्नविचार गरेको जिकिर गर्नुभयाे । साहित्यलाई पत्रकारिताले लिड गरेको भन्दै विशिष्ट लेखकका रुपमा उभिएर पौड्यालले कथामा जेथा थपेको बताउनु भयाे ।

समीक्षक अशोक थापाले मान्छको सम्वेदना र पात्रले उठाएको भावनालाई आफ्नो भावनाको कक्टेलको रुपमा प्रयोग गर्ने कथाकारका रुपमा पौड्याललाई चिनाउनुभयाे । ‘महेश पौड्यालको व्यक्तिगत संवेगलाई सार्वजनिक संवेगमा परिवर्तन गर्ने जुन मेकानिजम उहाँले कथामा प्रयोग गर्नुभएको छ, त्यो साँच्चै एउटा हुुनु फिक्सन भित्रको लिटेटरी डिभाइसमा एकदम स्मार्ट कथाकारले गर्ने कुरा हो ’थापाले भन्नुभयाे ।

दुवै वक्ताको समीक्षा पश्चात उपस्थित पाठकको जिज्ञासालाई समेटेर कथाकार महेश पौड्यालले आफ्ना कुरा राख्नुभएकाे थियाे ।पौड्यालले घटनाहरुको मुचुल्का लेख्ने खतरा आफूमा पनि रहेको स्वीकार गदै लेखकले सदासर्वता म फरक हुँ भन्ने कुरा भनिरहनु पर्ने र त्यो लेखनमा पनि परिलक्षित पार्ने बताउनु भयाे । पोखराका विभिन्न सर्जक, साहित्यप्रेमीलाई व्यस्तताको समयमा पनि उपस्थित भएकोमा कथाकारले धन्यवाद व्यक्त गर्नुभयाे ।

संस्थाका अध्यक्ष मोती भुजेलको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रमकाे सञ्चालन सचिव डा.चैतन्य अधिकारी र स्वागत कोषाध्यक्ष अर्जुन अधिकारीले गर्नुभएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button