एमाले व्यास नगर कमिटीको अध्यक्षमा वीरेन्द्र

पाेखरा न्यूज ।  नेकपा एमालेकाे व्यास नगर कमिटीको अध्यक्षमा वीरेन्द्र बहादुर अधिकारी चयन हुनुभएको छ ।

तनहुँकाे दमाैलीमा मंगलबार भएको पार्टीकाे नगर अधिवेशनबाट अधिकारीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चयन भएको छ । नगर कमिटिकाे उपाध्यक्षमा तुल्सी पाण्डे, सचिवमा ज्ञानेन्द्र बसौला, सहसचिब मधु पन्डित, सह सचिबमा सीता पाण्डे चयन हुनुभएको छ ।

एमाले अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएकाे कार्यक्रममा स्थायी कमिटी सदस्य किरण गुरुङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button